· ArtistNepal Network · Music news
पहिलो भ्वाइस अफ नेपालको उपाधि सिडी विजय अधिकारीले जित्न सफल भएका छन्। कतारमा शुक्रबार राति भएको ग्रान्ड फिनालेमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेको घोषणा गरियो। गायन रियालिटीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो 'द भ्वाइस अफ नेपाल' जित्दै उनले २५ लाख रुपैयाँको चेक पनि पाए। अधिकारी टिम दीपबाट फिनालेमा सहभागी भएका थिए। दीप श्रेष्ठले उनलाई गायन सिकाएका थिए। फिनालेमा सुनप पौडेलको टिमबाट सप्तक दुतराज, अभया सुब्बा टिमको तर्फबाट कुशल आचार्य र टिम प्रमोदको तर्फबाट श्रृजे थपलिया थिए।