· ArtistNepal Network · ArtistNepal News · Music news
न्युयोर्क: 'नेपाली अमेरिकन कलाकार संघ'ले आगामी डिसेम्बर २८, २०२४ मा न्यूयोर्कमा आयोजना गर्न लागेको “रमझम साँझ २०२४” सांस्कृतिक कार्यक्रम को सम्पूर्ण तयारीहरु पुरा भैसकेको बताएको छ। संघले उक्त कार्यक्रममा एक दर्जन कलाकारहरुको प्रस्तुति रहने पनि बताएको छ। कार्यक्रममा अमेरिकामा रहेका स्थानिय नेपाली कलाकार तथा चर्चित प्लेब्याक गायक राजेश पायल राईको मुख्य प्रस्तुति रहनेछ। कार्यक्रममा राजेशपायल राई सहित राजन ठुकुरी, सिर्जना बिरही थापा, नृत्य निर्देशक शंकर बीसी, शिव बीके, बाबु थापा, र नृत्य तथा मोडल कलाकारहरू पार्वती राई र रश्मी तामाङ लगायतको प्रस्तुति रहने छ। कार्यक्रम बेलुका ७:३० बजे देखि राति २ बजेसम्म सञ्चालन हुनेछ। टिकट शुल्क रेगुलर प्रवेशका लागि ५० डलर र विशिष्ट प्रवेशका लागि १०० डलर तोकिएको छ। संघले क्रिसमस २०२४ तथा अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा न्युयोर्कमा रहेका नेपालीहरुलाई एकताबद्द गराई नेपाली कला, भाषा र भेषभूषाको माध्यमबाट प्रवासी नेपाली समुदायको पहिचान र प्रवर्द्धनलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
Tags: Rajesh Payal Rai Nepali American Artist Association