· ArtistNepal Network
· Music news
नायिका रिश्ता बस्नेत म्युजिक भिडियोमा देखिएकी छिन् । अन्जु पन्तद्वारा गाईएको गीत 'तिम्रो माया मुटु भरि साँची राखेकी छु' बोलको मर्मस्पर्शी गीतमा रिस्ता गम्भिर भुमुकामा देखिएकी हुन ।
गायक तथा संगितकार रमेशराज भट्टराईको शब्द तथा संगितमा तयार भएको गीतमा नायिका रिश्ता संगै रेनु लामा तथा चन्द्र पुलामीले अभिनय गरेका छन ।
निर्भाना कला केन्द्रको उत्पादन तथा बितरणमा आएको यस् भिडियोलाई चर्चित नृत्य निर्देशक प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन। निर्देशक श्रेष्ठले ६० को हाराहारीमा भिडियो निर्देशन गरिसकेका छन ८० भन्दा बढी चलचित्रमा नृत्य निर्देशन गरिसकेका छन । भिडियोलाई बिरेन्द्र लामाको निर्माण नियन्त्रणमा नबराज उप्रेतीले छायांकन गरेका छन भने बिष्णुहरी तिमील्सिनाले सम्पादन गरेका हुन ।
भिडियो हेर्नुहोस् !
Tags:
Pradip Shrestha
Rista Basnet