· ArtistNepal Network · Music news
चर्चित गायिका सहिमा श्रेष्ठ तथा दर्जनौ गीतहरुमा सुमधुर आवाज भरिसकेका गायक सन्दिप न्यौपानेको नया गित "ढिकिच्याउ" को म्युजिक भिडियो सार्बजनिक भएको छl यस गित मा गायक सन्दिप आफैले शब्द कोरेका छन् भने संगीत गोबिन्द मधुर आचार्यले भरेका छन्। भिडियोलाई छायाँकार टंक केसीले छायांकन गरेका हुन् भने सुनिल छेत्रीले निर्देशन गरेका हुन्। बिकाश ज्ञावलीले सम्पादन गरेको भिडियोमा नायिका खुस्बु खड्का, सुनिल छेत्री तथा ठिटोज एण्ड टिम को दमदार अभिनय र नृत्य देख्न सकिन्छ।