· ArtistNepal Network · Filmy News
नेपालकै पहिलो महिला सिनेमाटोग्राफरका रुपमा परिचित सवनम मुखीयाले निर्देशन गर्ने चलचित्र लखपति माग्नेको छायांकन प्रारम्भ भएको छ । चलचित्रको लागि निर्देशक आँफैले स्क्रिप्ट तयार पारेकी हुन । यस् चलचित्रको पचली भैरवबाट छायाँकन प्ररम्भ गरिएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको चलचित्रका निर्माता प्रकाश चन्द्र महर्जन सह निर्माता राजेश खड्गी हुन । चलचित्रमा नयाँ तथा पुराना कलाकरहरुले अभिनय गर्नेछन । मुख्य कलाकारहरुमा कमलमणी नेपाली,अपेशा खड्का, विष्णु अर्याल, सोनीका शाही, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनीलजंग रायमाझी, सविन कटुवाल, जयजगदीश अधिकारी, ओमकृष्ण भण्डारी, सुरज प्रधान, खेमानन्द जैशी, विष्णुप्रसाद कोइराला, अविनाश ढकाल, किरण ढकाल लगायतका रहेका छन् । चलचित्रका लागि शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालले गीत लेखेका छन भने सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेले संगित तयार परेका छन । चलचित्रको गीतमा युवराज चौलागाई, कृष्ण काफ्ले, विन्दु परियार, टिका प्रसाई, भुपु पाण्डे र विशाल घोषको स्वर रहेको छ । निर्देशक आँफै छायांकार रहेपनी यस् चलचित्रलाई रामेश्वर हुमागाईले छायांकन गर्नेछन । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गर्नेछन् ।