· ArtistNepal Network · ArtistNepal News · Event News · Filmy News
न्युयोर्क । घरेलु बक्स अफिसमा आक्रमक कमाइ गरेको दीपक र दीपाको सुपरहिट फिल्म 'छक्का पन्जा ४' पुन एकपटक न्युयोर्कमा प्रदर्शन हुनेभएको छ। यस अघि अमेरिकाको बिभिन्न स्टेटमा प्रदर्शन भईसकेको यस चलचित्र धेरै दर्शकहरुले हेर्न छुटेको गुनासो गरेपछि फेरि एकपटक प्रदर्शन गर्न लागिएको हो। चलचित्र मे ३० मा रेगल युए कोफम्यान एस्टोरिया हलमा पर्दर्शन हुँदैछ। आमा सरस्वती मुभिज र आइएमीकाे प्रस्तुति रहेकाे यस फिल्म हेर्न ईच्छुकलेआर्टिस्टनेपाल ईभेण्ट्सको वेबसाईटबाट अनलाईन टिकट बुकिङ्ग गर्न सक्नेछन। बुकिङ्गको लागि निम्न https://events.artistnepal.com/event/chhakapanja-4-in-new-york/ लिंक मार्फत आफ्नो सिट सुरक्षित गराउन सकिनेछ। हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपक, दीपा, केदार, बेनिशा, निर्मल, बुद्धि, राजसँगै सुश्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।