· ArtistNepal Network · Music news

‘सेर्गेम’ दुध तथा बटरबाट बन्ने तिब्बतियन फुड हो । लोप हुन लागिसकेको धेरैलाई थाहा नहुन सक्छ, सेर्गेम । लेकाली क्षेत्रमा भने यसको स्वाद मनग्ये लिन पाइन्छ । अहिले नब गायिका मञ्जु लामाले सेर्गेमलाई गीतमा समेटेकी छिन् । र, यहि सेर्गेम जस्तै कल्चरल सांगीतिक खुराक ‘सेर्गेम’ मार्फत आफ्नो कला पस्किएकी छिन् ।

उनको पहिलो एकल स्वरको गीतिसंग्रह ‘सेर्गेम’को बुधबार राजधानीमा एक समारोहबीच संगीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ती मोक्तान, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले, अभिनेत्री रञ्जिता लामा, गायक निर्णय श्रेष्ठलगायतले विमोचन गरेका हुन ।

एल्बममा शिरैमा शिरबन्दी, दोधारे च्याङबा, छड्के नजर, छोरीको कर्म, लाहुरे बोलका गीत छन् । गीतमा विश्व दोङ र सूर्य लामाको शब्द तथा संगीत छ । त्यसमध्ये छोरीको कर्म बोलको गीतको म्युजिक भिडियो समेत बनाइएको छ ।

मञ्जुले यसअघि ‘चाहेको मैले’ गीत सार्वजनिक गरेकी थिइन् ।

Tags: Nirnaya NSK Manju Lama