· ArtistNepal Network
· Filmy News
चलचित्र पत्रकार संघ नेपालले आफ्नो स्थापनाको दिन जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रुपमा मनाउने परम्परालाई कायम राख्दै सोमबार राजधानीमा एक समारोह आयोजना गरी चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।
१९ अौं स्थापना दिवसका अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बासकोटाद्वारा चलचित्र पत्रकारद्वय ध्रुव लम्साल र दयाराम पाण्डेलाई चलचित्र पत्रकारिता सम्मान तथा लक्ष्मण सुवेदी र सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सुवेदी र थापालाई पुरस्कारस्वरुप जनही नगद २१ हजार रुपियाँ प्रदान गरिएको छ।
त्यसैगरी अघिल्लो वर्षदेखि प्रदान गर्दै आएको चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार यसवर्ष अञ्जान दाहाल (मनिष) लाई प्रदान गरिएको छ। उनलाई पुरस्कारस्वरुप ल्यापटप पनि प्रदान गरिएको छ।
फोटो स्रोत : मेरो फिल्म
Tags:
Nepalese Film Journalist Association