· ArtistNepal Network · Filmy News
असोज १० गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेत्री साम्राज्ञी आरएल शाहले भेट्रान निर्देशक अशोक शर्माका छोरा अंकितसँग रोमान्स गरेको चलचित्र ‘रातो टीका निधारमा’ को शीर्ष गीत 'रातो टिका निधारमा' सार्वजनिक भएको छ। प्रमोद खरेल र मेलिना राईले गीतमा आवाज दिएका छन् । भने शहदेव ढुंगानाको शब्द रहेको छ। गीतलाई बसन्त श्रेष्ठले क्रोयोग्राफी गरेका छन् । चलचित्रमा अभिनेत्री साम्राज्ञी पहिलो पटक गाउँले युवतीको भूमिकामा देखिएकी छिन् । अंकित भने वैदेशिक रोजगारीमा पठाउने एजेन्टको भूमिकामा छन् । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरले फिल्मप्रति दर्शकमा उत्सुकता र कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ । साम्राज्ञी र अंकितसँगै यस फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् ।