· ArtistNepal Network
· Filmy News
काठमाडौं– नेपालबाट ओस्कारको विदेशी फिचर विधातर्फ सिफारिस भएपछि फिल्म ‘बुलबुल’ फेरि रिलिज हुने भएको छ ।
‘बुलबुल’ हेर्न छुटेका र फेरि हेर्न चाहने दर्शकको मागलाई ध्यानमा राखेर फिल्म रिलिज गर्न लागिएको हो । वितरकको सल्लाहअनुसार फिल्म फेरि रिलिजको कुरा भइरहेको निर्देशक विनोद पौडेलले बताएका छन् ।
‘फिल्म अस्करका लागि सिफारिस भएपछि छुटेका धेरैले फिल्म हेर्न चाहना राख्नुभएको छ’ पौडेलले भने ‘ती व्यक्तिसहित सबैका लागि एकपटक फेरि रिलिज गर्नेकी भन्ने कुरामा हामी पुगेका हौ ।’ पुनः रिलिजको बिषयमा अहिले नै टुङ्गो लागि नसकेको पौडेलको भनाई रहेको छ । स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म महिला ट्याम्पु चालकको विषयमा बनेको छ । निर्देशक विनोद भने अहिले दोस्रो फिल्मको तयारीमा छन् ।
पौडेलको निर्देशन रहेको फिल्म ‘बुलबुल’ ले सार्क फिल्म फेस्टिभलमा अभिनेत्रीतर्फ क्रिटिक्स अवार्ड प्राप्त गर्न सफल भएको थियो । नेपालमा पनि फिल्मले निर्देशन र अभिनेत्री गरी दुई विधामा राष्ट्रिय अवार्ड पाएको थियो । बुलबुल पौडेलको निर्देशनमा डेब्यु फिल्म हो । यस अगाडि उनले ‘साँघुरो’ फिल्मको कथा लेखेका थिए ।