· ArtistNepal Network
· Music news
नेपाली सिनेमा क्षेत्रमा एक्सन किंग नायकका रूपमा चिनिने शिब श्रेष्ठ पनि म्युजिक भिडीयो मा देखा परेका छन्। नेपालि सिनेजगतामा ४ दसक पार गरिसकेका नायक शिब श्रेष्ठले व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश बाबा तिमी छौ र त बोलको गीतमा बाबाको भुमिकामा देखा परेका हुन्।
बुबाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरिएको गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ।
अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर गीत लेखेकी हुन्। युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले पनि अभिनय गरेका छन्।भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन्।