· ArtistNepal Network
· Filmy News
काठमाडौँ– अभिनेत्री नम्रता श्रेष्ठ शुक्रबारबाट ३३ वर्षकी भएकी छन्। नयाँ चलचित्र ‘जाइरा’ को फस्ट लुक सार्वजनिक गर्दै नम्रताले जन्मदिन मनाएकी छन्। ग्यानेश्वरको एटिक लाउन्जमा जन्मोत्सव मनाउँदै श्रेष्ठले आफ्नो उमेर बताएकी हुन्।
‘जाइरा’ मा एक फाइटरको भूमिकामा नम्रता देखिदैछिन्। उनले यो चलचित्रको लागि कपाल काटेर छोट्याएकी छन्। चलचित्रमा अनुपबिक्रम शाही, रेमन दास श्रेष्ठ लगायतका कलाकारको अभिनय छ।
सार्वजनिक भएको फस्ट लुक्समा नम्रता बक्सिङ खेलाडि देखिएकी छन्। अभिनेत्री नम्रता श्रेष्ठले ‘जाइरा’ चलचित्रले आफ्नो बाल्यकालको स्मरण गराएको बताएकी छन्। ‘म सानोमा एकदमै झगडालु थिए, पछि ठूलो हुँदै जाँदा अलि शर्मिली स्वाभावको भए। तर जाइराले मलाई फेरी बाल्यकाल सम्झाएको छ।’