· ArtistNepal Network
· Filmy News
हाल विश्वभरका सामाजिक संजालमा ‘बोतल क्याप च्यालेन्ज’ ट्रेन्डिङमा छ। यस च्यालेन्जका अनुसार मानिसले बिर्को लागेको बोतल कलात्मक रुपमा खोल्नुपर्छ।
हलिउडदेखि बलिउडका कलाकार यस च्यालेन्जमा होमिएका छन्। केही खुट्टाले बोतलको बिर्को खोलिदिन्छन्। केहीले हातले, कसैले बिर्को खोल्न अनेक उपाय लगाउँछन्। पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको ‘बोतल क्याप च्यालेन्ज’ मा बलिउड स्टार सलमान खान पनि सामेल भएका छन् । उनले यसमा आफ्नो ‘ट्वीस्ट’ मिसाएसँगै उनको यो शैली सामाजिक संजालमा चर्चित बनिरहेको छ।
उनले बोतलको बिर्को खोल्न मुखको प्रयोग गरेका छन्। उनले मुखले ‘फु’ गरेरै बोतलको बिर्को खोलेका छन्।