· ArtistNepal Network
· Filmy News
चलचित्र ' पाईला ' को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रलाई बिकाश प्रसाईले निर्देशन गरेका हुन्।
चलचित्रमा एउटा विद्यार्थीको मनोविज्ञानलाई देखाइएको छ। जहा आफ्नो पढाई संगै आफ्नो सपनालाई पुरा गर्न गर्नु परेको संघर्स ट्रेलर बाट प्रस्ट्याउन सकिन्छ। चलचित्रमा आधारबाबु खतिवडा , समिप निरौला , ओकेश पनेरु , क्रान्ति योन्जन , समिक्ष्य ओअनेरु , रवि आचार्य र बाल कलाकार क्रिज़ल प्रसाई आदिको अभिनय रहेको छ।
चलचित्रलाई बाबु फिल्म प्रोडक्सन र प्रसाई फिल्म्स ब्यानरले निर्माण गरेको हो। उक्त चलचित्रको सम्पादन बिबेक लामाले गरेका हुन्। चलचित्रमा संगीत सबिन लिम्बुको दिएका छन् । शब्द र आवाज सन्तोष आचार्यको रहेको छ। यस चलचित्रलाई लिला राज खतिवडाले लेखेका हुन्।