· ArtistNepal Network · ArtistNepal News
आर्टिस्टसंसार, काठमाडौं । जेसिआई काठमाडौ लेडी नेपालले यहि आषाढ १५ गते काठमाडौमा १० दिने फोटो ग्राफी,उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमका प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण कार्यक्रमको आयोजना गरि सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेको थियो । कार्यक्रममा सहभागी मध्ये १ जना प्रशिक्षार्थीलाई वार्षिक छात्रवृति प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ फोटोग्राफर राजभाई सुवालको प्रमुख आतिथ्य एवं गायक तथा कलाकार यमन श्रेष्ठको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रमलाई दिपश्री क्रियटिभ मिडिया र फोटो लन्च विशेष सहयोगी संस्था रुपमा साथ दिएका थिए । जेसिआई काठमाडौ लेडी नेपालकी अध्यक्ष जेसी सजना नकर्मीले कार्यक्रमको सभापतित्वमा संचालित उक्त कार्यक्रममा फोटोग्राफी तालिमका संयोजक जेसी सुमा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमका संयोजक महासचिव जेसी अर्चना श्रेष्ठ मुनाकर्मीले सहयोगी संस्था, प्रशिक्षार्थी तथा कार्यक्रमलाई साथ सहयोग गर्नुहुने प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल जेसिजको सचिवालय थापाथलीमा संचालन भएको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी ,प्रशिक्षार्थीहरु लगायत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो unnamed (1)