· ArtistNepal Network · ArtistNepal News · Music news

बोकेदाह्रीको रुपमा चिनिएका हास्यकलाकार एवं गायक श्रीकृष्ण लुइँटेलको ‘सुनको सिक्री’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावको विषयमा केन्द्रित यो म्यूजिक भिडियोले दर्शकलाई हेरुन्जेल भरपुर मनोरञ्जन दिनेछ।

कमेडीसँगै सन्देशमुलक समेत रहेको गीतमा हास्यकलाकार एवं गायक श्रीकृष्ण लुइँटेल स्वयम्को स्वर, शब्द, संगीत रहेको छ भने गीतमा गायिका मनिसा पोखरेलको समेत साथ दिएकी छन् । डम्बर लिम्बुले एरेन्ज गरेको गीतमा सन्तोष, सान्जी, सुरज, निरज, रिचा र रोश्नी ज्ञवालीको अभिनय रहेको छ ।

युवराज वाइवाले निर्देशन गरेको म्यूजिक भिडियोको छायाङ्कन उत्सव दाहाल र सम्पादन निसान घिमिरेले गरेका छन् ।

Tags: Shree Krishna Luitel (Bokedarhi)