· ArtistNepal Network · ArtistNepal News
अशोज १६, २०७२ मिस नेसनल प्रिन्सेस २०१५ को ताज पुर्णिमा रायमाझीले हात पारेकी छिन् । अडिसनमार्फत छनौट भएका १९ जना सुन्दर युवतीहरु बिच भएको प्रतियोगितामा फस्ट रनरअप जस्मिन तामाङले हात पारिन् भने सेकेन्ड रनरअपमा बिनिता ओलीले जितिन । आरके ईभेन्ट्सले आयोजना गर्न लागेको प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाएका थिए । एसएलसी उत्तिर्ण तथा ५ फिट दुई ईन्चभन्दा अग्ला युवतीहरु यो प्रतियोगितामा नुरानी महर्जन, बंशु श्रेष्ठ, अलिशा कोइराला, प्रनिशा श्रेष्ठ, मुस्कान श्रेष्ठ, दीपा डंगोल, सिमरन कार्की, साक्षी श्रेष्ठ, अष्मिता ढुंगाना, सुनिम श्रेष्ठ, संगिष्टा श्रेष्ठ, निशा राई, पूर्णिमा रायमाझी, नवीना केसी, बिनिता ओली, रुषा न्यौपाने, किरण सिंह ठकुरी, किरण रेग्मी तथा जस्मिन तामाङले सहभागिता थियो । miss national princess यस्तै मिस पर्सानिलिटीमा दिपा डंगोल, बेस्ट स्माईलमा मुस्कान श्रेष्ठ, बेस्ट क्याटवाकमा जस्मिन तामाङ, बेस्ट ड्रेस्समा नुरानी महर्जन, पिलुल्स चईस एवार्डमा सिमरन कार्की, मिस ब्युटिफुलमा निसा राई, बेस्ट हेयरमा बंशु श्रेष्ठ र बेस्ट फोटोजेनिकमा अस्मिता ढुंगाना रहेका थिए । miss national प्रतियोगिहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । काठमाडौंको गौशालास्थित सुमार्गी स्मृति भवनमा सम्पन्न हुने निर्णायक प्रतियोगिताका निर्णायकहरुमा पत्रकार शुबास ढकाल, नायिका नन्दिता केसी, धीरज टन्डुकार तथा मोडेल निराजन थापा र गायिका नलिना चित्रकार रहेका थिए । विजेतालाई नगद पुरस्कार ५०, ००० प्रदान गरिएको थियो ।
Tags: Miss National Princess