· ArtistNepal Network
· ArtistNepal News
आर्टिस्ट संसार
अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।
नेपाल-भारत सीमा विवाद चलिरहदा गायक संगीतकार विशाल पौडेलले आफ्ना भावानाहरुलाई समेटेर राष्ट्रियताले ओतप्रोत गीत 'एकादेश' सार्वजनिक गरेका छन्।
हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने हो कि बन्ने हो कि भन्ने चिन्ता यस गीतमा व्यक्त गरिएको छ। गीतमा शब्द, संगीत , स्वर र संगीत संयोजन स्वयम् गायक विशाल पौडेलको रहेको छ । गीतमा प्रिन्स नेपालीको सारंगीको मिठो धुन सुन्न सकिन्छ ।
हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको भिडियोलाई संजित के घिसिङ्ले निर्माण गरेका हुन् । भिडियोले दर्शक , स्रोता र मिडिया हाउस बाट राम्रो साथ पाइरहेको छ । नेपाललाई माया गर्ने हरेक नेपालीले गीतलाई शेयर गरिदिन गायक पौडेलले आग्रह गरेका छन् ।
आर्टिस्टनेपाल अन्तर्गत ‘ ‘आर्टिस्ट नेपाल मिडिया नेटवर्क’बाट प्रकाशित। (artistnepal.com मा कलाकारहरु आफैले आफ्नो Artist Profile Pageसृजना गर्न सक्दछन , प्रयाश गर्नुहोस )