· ArtistNepal Network · ArtistNepal News
म्युजिक भिडियो तथा बिज्ञापन निर्माणमा सकृय 'आर्टिस्ट नेपाल प्रोडक्सन'ले आफ्नो प्रोडक्सनको नयाँ भिडियो सार्वजनिक गरेको छ । आर्टिस्ट नेपालले बजार ब्यबस्थापन गर्ने एल्बम "सपनीमा"मा सङ्रहित माया तिमीलाई बोलको गीतको भिडियो सार्बजनिक गरेको हो । लामो समयदेखी सांगितिक क्षेत्रमा सकृय गायक संगीतकार सुमन कुमार श्रेष्ठको एल्बम "सपनीमा" मा रहेको यस् आर.एन.बि जेनरको गीतमा सुमनलाई नब गायिका निरुता थापा र र्यापमा अविन राउतले साथ दिएका छन । गोदावरीमा छायांकन गरिएको यस् गीतबाट आफुहरु निकै आशाबादी रहेको गायक एबम र्यापर अभिन राउतले बताए। प्रेममा सानातिना कुराहरुमा हुने असमाझदारीले असर पार्नेहुँदा प्रेममा विश्वाश हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको भिडियोमा छोटो समयमै चर्चा कमाउन सफल मोडेल सम्पदा सिंह तथा सम्राट थापाले अभिनय गरेका छन् । गीतलाई सुमनकुमार श्रेष्ठ लेखेका छन् भने संगीत पनि उनैले भरेका छन् । गीतको संगीत संयोजन दिनेश श्रेष्ठको छ भने ज्ञानेन्द्र शर्माको छायाँकनमा माधव बेल्बासेले सम्पादन गरेका छन् । भिडियोलाई संचारकर्मी नव ढुङेलले निर्देशन् गरेका छन् । भिडियो तथा बिज्ञापन निर्देशनमा स्थापित भैसकेका नव ढुङेल आर्टिस्ट नेपाल डट कमका संचालक पनि हुन् । उनले सेलो पेन, माइक्रोम्याक मोबाईल, प्लाईवड कम्पनीको बिज्ञापन तथा शिशिर योगी, अभय ढुङेल,अन्जना गुरुङ, सुधिर देउजा, बुद्द शाक्य लगायत गायकको गीतको भिडियो निर्देशन् गरिसकेका छन् ।
Tags: Nava Dhungel ArtistNepal Production Gyanendra Sharma Madhav Belbase