· ArtistNepal Network · artists · Model & Dancers
बर्षा थापा नेपाली अन्तरास्ट्रिय मोडल हुन्। सन् २०१६ को भोग म्यागजिनको कभरमा उनि पनि छाएकी थिईन। जुन कभरमा उनीसंगै भारत, श्रीलंका, भुटान , माल्दिभ्स , बंगलादेशबाट प्रतिनिधित्व गर्ने मोडलहरु पनि थिए। भोग म्यागजिन मा छाउने उनि पहिलो नेपाली मोडल पनि हुन्। न्युयोर्क र पेरिस फेशन विकमा प्रतिनिधित्व गर्ने पनि उनि पहिलो नेपाली मोडल हुन्। पेरिस, न्युयोर्क तथा क्यानडाका दर्जनौ मोडलिङ्ग एजेन्सीमा आबद्द भईसकेकी उनि न्युयोर्कमा बसेर नियमित मोडलिङ्गमा सक्रिय छिन। मोडलिङ्ग संग संगै गायन र कबिता लेखनमा रुचि राख्ने बर्षाले गायिकाको छबि बनाउन न्युयोर्कमा संगीत अध्ययनपनि गर्दैछिन। सन् १९९० मा काठमाडौँमा जन्मिएकी बर्षा ५ फित १० ईञ्च अग्ली छिन। सन् २०१२ मा आयोजना भएको न्युयोर्क फेशन विकमा समाबेश भएपछी उनि अन्तरास्ट्रिय स्तरमा सक्रिय हुन थालेकी हुन्। उनले उक्त शोमा चर्चित डिजाईनर प्रबल गुरुङ्गको दिजाईनमा र्याम्प नापेकी थिइन्। हामीले उनको केहि फोटोहरु मोडलिङ्ग एजेन्सी तथा उनको अफिसियल फेसबुक तथा ईन्स्टाग्रामबाट साभार गरेका हौ।
Tags: Varsha Thapa