· ArtistNepal Network
· artists
उषा खड्गी सातौं मिस नेपाल हुन् । सन् २०००मा भएको मिस नेपाल प्रतियोगिता उनले जितेकी थइन् । उनको विवाह नेपाल टेलिभिजनको कार्यक्रम प्रस्तोता जिपि तिमिल्सिनासँग भएको थियो ।
उषाले सन् १९९९मा पोखरा सुन्दरी प्रतियोगितामा भाग लिई प्रथम रनर-अपको उपाधी हासिल गरेकी थिइन्। तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले एस.एल.सी. वीरगञ्ज कन्या माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्। हरिखेतान महिला बहुमुखी क्याम्पस, वीरगञ्जबाट आई.ए. उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बी.ए. (प्रथम वर्ष)मा अध्ययनरत थिइन्।
हाल उहा बिभिन्न सौन्दर्य प्रतियोगिताको निर्णायक, कोरियोग्राफर , र ब्रान्ड एम्बेस्डर भएर काम गर्दै हुनुहुन्छ । उहा दरबारमार्गमा बुटिक पनि संचालन गरेर बस्नुभएको छ ।

Tags:
Miss Nepal
Usha Khadgi