· ArtistNepal Network · ArtistNepal News
काठमाडौं— सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा सञ्चालन गरिएको ‘टेन्ड सेटर्स युनिसेक्स हेयर एन्ड ब्युटी स्टुडियो’ को शनिवार लोकप्रिय कलाकारहरुले उद्घाटन गरेका छन् । नायिका करिश्मा मानन्धर, गायिका कोमल वली, हास्य अभिनेत्री दीपाश्री निरौला, कुञ्जना घिमिरे तथा गायिका सविना कार्कीले रिबन काट्दै उक्त सैलूनको उद्घाटन गरेका हुन् । priyanka karki trend setter parlor। सैलून उद्घाटन समारोहमा अभिनेता भुवन केसी, निर्देशक दिनेश डिसी, हास्य अभिनेता निर्मल शर्मा, वरिष्ठ पत्रकार सुवास ढकाल, हास्य अभिनेता विल्सन विक्रम राई तथा गायकद्वय राजेशपायल राई र योगेश्वर अमात्यले केक काटेर सैलूनको उद्घाटन गरेका हुन् । समारोहमा ट्रेन्ड सेटर्स सैलूनकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्कीले यो सैलूनबाट सेवा लिइसकेको बताउदै उनले सलुनमा अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध भएको बताइन् । समारोहमा नायिका कार्कीले सैलूनले शनिवारदेखि नै प्रारम्भ गरेको स्मार्ट कार्डको समेत शुभारम्भ गरिन् । सैलूनका अध्यक्ष सुदिप रेग्मीले प्रियंकालाई २० हजार रुपैया बराबरको स्मार्ट कार्ड उपलब्ध गराएका थिए । समारोहलाई सम्बोधन गर्दै सैलूनका निर्देशक आशिष भट्टराईले सैलूनले गुणस्तरीय सेवालाई विशेष प्राथमिकता दिएको उल्लेख गरे ।karishma manandhar, kunjana ghimire suntali, deepa shree niraula, sabina karki trends setter parlour अन्तराष्ट्रियस्तरको सजावटमा लक्जरियस सौन्दर्य सेवा नेपालमै उपलब्ध गराउने चाहनाबाट ट्रेन्डसेटर्स अग्रसर छ । हेयर कट, हेयर कलर, हेयरस्टेट, हेयर ट्रिटमेन्ट, हेयर एक्सटेन्सन, फेसियल, म्यानिकेयर–पेडिकेयर लगायतका सौन्दर्यसम्बन्धित १ सय भन्दा बढि सेवा टेन्डसेटर्सले उपलब्ध गराउनेछ । त्यस्तै ब्राइडल मेकअप पनि ट्रेण्डसेटर्सले उपलब्ध गराउने अर्को मुख्य सुविधा हो । काठमाडौंको मुटु सुन्धारा सिटिसी मलको छैंटौं तलामा संचालित टेन्डसेटर्समा दक्ष जनशक्तिबाट गुणस्तरिय सर्भिस प्रदान गरिएको छ ।
Tags: Karishma Manandhar Priyanka Karki komaml oli