· ArtistNepal Network · ArtistNepal News
तीज म्युजिक अवार्डको चौथो संस्करणको अवार्ड वितरण गरिएको गरिएको छ । राजधानीमा आज एक कार्यक्रमको आयोजना गरि अवार्ड वितरण गरिएको हो । यस वर्ष गायिका टीका पुन उत्कृष्ट तीज गायिका बन्न सफल भएकी छन् । टीका पुनले युकेको सारी बोलको गीतबाट उत्कृष्ट गायिका बन्दै अवार्ड चुम्न सफल भएकी हुन् । त्यस्तै, सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष सन्दिप न्यौपाने ‘नाच्नमा एक नम्बर’बाट र सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला दीपाशा बिसी ‘मैना चरी’बाट अवार्ड हात पार्न सफल भए । यस्तै हरि विष्टले उत्कृष्ट तीज गीत शब्द र लयमा नदी तिरैमा बोलको गीतबाट अवार्ड चुम्न सफल भए भने सोही गीतबाट सञ्जय श्रीपाल उत्कृष्ट तीज गीत मिक्सिङको अवार्ड चुम्न सफल भए । त्यस्तै माइतीघरबाटै विनोद बाजुराली एरेन्जर, विक्रम चौहान उत्कृष्ट कोरियोग्राफरको अवार्ड चुम्न सफल भए भने आशिष म्युजिक उत्कृष्ट म्यूजिक कम्पनी घोषित भयो ।तीज म्युजिक अवार्डको अवसर पारेर वरिष्ठ गायिका एवं संकलक चन्द्रकला शाहलाई छायाँछवि तीज संगीत स्रष्टा सम्मान २०७४ बाट सम्मानित गरियो । शाहलाई ११ हजार १ सय ११ रुपैयाँको नगद राशिसहित सम्मान गरिएको थियो । त्यस्तै पत्रकार गिता अधिकारीलाई छायाँछवि रंग पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको थियो । उनलाई ५ हजार ५ सय ५५ राशिसहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा श्रीराज इन्टरटेनमेन्टको तर्फबाट नारायण ढकालको समूहले नृत्य प्रस्तुत गरेको थियो भने नारायण रिजालको समूहले पनि नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेको थियो । यस्तै गायिका टीका पुन, टीका प्रसाई र राधिका हमालले गायन प्रस्तुत गरेका थिए । संचारकर्मी दीपज्योती थापाले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै अवार्डका अध्यक्ष शान्तिप्रियले तीजलाई हिन्दू महिलाहरुको महत्वपूर्ण चाड बनाउँदै मौलिकता सहितको तीजको संस्कार निर्माण गर्नुपर्ने बताएका थिए । अन्य अवार्ड विजेताहरुमा सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ श्यामश्वेत रसाइली –माइती र चेली सर्वोत्कृष्ट तीज दोहोरी गीत एरेन्जर कमल सौराग –लाज किन हो सर्वोत्कृष्ट तीज दोहोरी नवगायक हरि गिरी विमर्शी (स्वामी राजै) सर्वोत्कृष्ट तीज दोहोरी नवगायिका स्मृति तिमिल्सिना –दिदीभाइ सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द कस्तुप पन्त –हे शिव भगवान सर्वोत्कृष्ट तीज दोहोरी गीत लय राजेन्द्र कँडेल –बजाइदेउ मादलु सर्वोत्कृष्ट तीज दोहोरी गायक रवि थापामगर (माइती र चेली) सर्वोत्कृष्ट तीज दोहोरी गायिका सुनिता गुरुङ –हङकङको चुरा सर्वोत्कृष्ट तीज दोहोरी गीत कम्पनी हमाल म्यूजिक प्रा.लि. (स्वामी राजै) सर्वोत्कष्ट तीज दोहोरी गीत मन्जु पौडेल –मेरा झर्के बुढा सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुष सन्दिप न्यौपाने –नाच्नमा एक नम्बर सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल महिला दीपाशा बिसी –मैना चरी सर्वोत्कृष्ट तीज गीत भिडियो सम्पादन विष्णु शर्मा (म त नाच्दिन केरे) सर्वोत्कृष्ट तीज गीत भिडियो छायाँकार करण चैंसिर (आउँछ तीज) सर्वोत्कृष्ट तीज गीत भिडियो नृत्य निर्देशक विक्रम चौहान –माइतीघर सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशक प्रकाश भट्ट (माइती र चेली) सर्वोत्कृष्ट तीज युगल गीत लक्ष्मी न्यौपाने र शारदा बस्याल –झल्को माइती सर्वोत्कृष्ट तीज गीत मिक्सिङ सञ्जय श्रीपाल –नदी तिरैमा सर्वोत्कृष्ट तीज गीत एरेन्जर विनोद बाजुराली (माइतीघर) सर्वोत्कृष्ट तीज गीत नवगायिका धनमाया राना –आँगनीको डिलैमा सर्वोत्कृष्ट तीज गीत शब्द हरि विष्ट –नदी तिरैमा सर्वोत्कृष्ट तीज गीत लय हरि बिष्ट –नदी तिरैमा सर्वोत्कृष्ट तीज गीत गायिका टीका पुन –युकेको सारी सर्वोत्कृष्ट तीज गीत कम्पनी आशिष म्यूजिक प्रा.लि. (माइतीघर) सर्वोत्कृष्ट तीज मौलिक तीज गीत पूर्णकला बिसी –माइतीघर जुरी अवार्ड कोमल वली र प्रज्ञा शरद –म त नाच्दिन के रे इन्करेजमेन्ट अवार्ड अवार्ड मधु क्षेत्री –पातै फरर इन्करेजमेनट अवार्ड एलिना खनाल –दाजु बहिनी पपुलर अवार्ड रञ्जिता गुरुङ –मेरै खुट्टाले पब्लिक च्वाइस अवार्ड स्वरुपा रसाइली –मिठो बोली