· ArtistNepal Network
· ArtistNepal News
· Fashion News
१० कक्षा (एसईई) को अन्तिम परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य एबं बौदिक प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइइ आईडल २०१८’ को ट्यालेन्ट शो सम्पन्न भएको छ । ट्रिनिटि मार्केिङ्ग तथा ईभेण्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुने प्रतियोगिताका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे । निर्णायकमा मिस एसईई आईडल २०१६ सुनिला ढुंगेल, ट्रिनिटि ईभेन्टका सुदन थापा, मिस्टर ग्ल्यासियर ईश्वर श्रेष्ठ, टेक्सास कलेजका दिपक बास्तोला, ग्रेस ईभेन्टका सुरज थापा थिए ।
प्रतियोगितामा अडिसन मार्फत नेपाल अधिराज्यभरबाट १८ प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगीहरुले देखाएको प्रतिभाको निणार्यक मण्डल तथा दर्शक दिर्घाबाट निकै प्रशंसा पाएको थियो । प्रतियोगितामा अस्मिता पौडेल, पूजा तामाङ, मनिता खड्का , सुनिता नेपाल, आकृती खतिवडा , सुरक्षा बस्नेत, निशा भण्डारी, प्रितीका बास्तोला , रमुना विश्वकर्मा, सुभेक्षा मालाकार, टिना गुरुङ, सोना तिमल्शिना, रुपेश बस्नेत, अभिशान्त कार्की,यमर मगर, रोहन बिष्ट, प्रदिप कार्की, गगन कार्की लगायतका छन ।
प्रतियोगिताको कोरियोग्राफी नमिता भण्डारीले गरिरहेकी छिन्। उनीहरू अहिले विभिन्न प्रशिक्षणमा छन् । आगामी १२ जेष्ठमा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने अन्तिम प्रतिस्पर्धाबाट ‘मिस्टर एन्ड मिस एसईई आईडल २०१८’ को चयन गरिने आयोजक संस्थाका अध्यक्ष सुनिता साबित्री ढुंगानाले बताईन। पांचौ संस्करणको मिस्टर एण्ड मिस एसइइ आइडल –२०१८ का सहभागीहरुले राजधानीको पेन्टागन कलेजमा छात्रवृत्ति पाउने छन् ।