· ArtistNepal Network · Uncategorized · ArtistNepal News · Filmy News
रङ्गमन्च बाट भिडियो निर्देशन र भिडियो बाट चलचित्र निर्देशनमा प्रबेश गरेका निर्देशक प्रसन्न पौडेलको पहिलो निर्देशित चलचित्र 'स्वर' को करिब करिब सम्पूर्ण काम सकिएको छ। संगीतमय चलचित्रको रुपमा प्रस्तुत गर्न लागिएको चलचित्र 'स्वर' को अब केही ब्याकग्राउण्ड संगीतको मात्र काम बाकिँ छ । मुड़े , पोखरा र काठमान्डौंको मनोरम दृश्यहरु कैद गरिएको यस चलचित्रलाई तिहार पछि रिलीज गर्ने सोचमा रहेको निर्देशक प्रसन्नले आर्टिस्ट नेपाल लाई जानकारी दिएका छन । प्रसन्नले आफ्नो निर्देशनमा बनाइएको चलचित्र 'स्वर'को प्रस्तुतिलाई नै संगीतमय बनाउने प्रयत्न गरेका छन् । सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रमा राजबल्लभ कोइराला, केकी अधिकारी, रिमा विश्वकर्मा,यसराज कार्की, अमित पोखरेल, बेनिशा हमाल, जोयस आदि कलाकार छन् । युवाहरूको जीवनशैलीमा निर्माण भएको यस चलचित्रका छायाँकार बिदुर पाण्डे, कथाकार अच्युत अधिकारी, निर्माता मनीष राजभण्डारी, सुरेन बलामी र रवि लामा हुन् भने यसमा भूपेन्द्र खड्काको शब्दमा सुगम पोखरेल तथा सत्यराज-स्वरुपराज आचार्यको संगीत सुन्न पाइनेछ । लामो समय देखि दर्जनौँ उत्कृस्ट म्युजिक भिडियोहरुमा सङगै काम गरेका प्रसन्न र बिदुर पाण्डेको जोडिले म्युजिक भिडियोहरुमा त तहल्कानै मच्चाएको छ, तर चलचित्रमा कतिको जम्न सफल रहने छन्, त्यो भने हेर्नै बाकिँ छ ।
Tags: keki adhikari Prasanna Poudel Raj Ballav Koirala