· ArtistNepal Network
· artists
· film artist
आर्टिस्ट नेपाल
पछिल्लो समय म्युजिक भिडियोमा जमेकी मोडल हुन्- सुप्रिया कटुवाल। अहिले निर्माण भैरहेका अधिकांश म्युजिक भिडियोमा अभिनय गरिरहेकी सुप्रिया निकट भविष्यमै चलचित्रमा डेब्युसमेत गर्दैछिन्। पाँचथर जिल्ला थुर्पु–२ स्थायी ठेगाना भएकी सुप्रिया कटुवाल नेहल राईको तिमी पर्यौ पोखरेल सोल्टा गीतको म्युजिक भिडियोमा अभिनय गरेर उनले मोडलिङ दुनियाँमा प्रवेश गरेकी हुन् ।
हालसम्म तीन दर्जन भन्दा बढी म्युजिक भिडियोमा आफुलाई प्रस्तुत गरिसकेकी मोडेल सुप्रियाले आर्टिस्ट नेपाल डटकमको लागी फोटोसेसन गर्ने क्रममा खुलेरै प्रस्तुत भईन् । सिल्फ ईन्टरटेन्मेन्टको सहयोगमा राजाधानीको सुन्दर ठाउँ सुन्दरीजलमा गरिएको उनको फोटोसुटमा पानी र प्रक्रितीसँग उनको सुन्दरतालाई मर्ज गर्न खोजिएको छ ।
फोटोग्राफर कुबेर तामङको फोटोग्राफी तथा संगिता लामाको मेकअपमा गरिएको उनको फोटोसुट भने आर्टिस्ट नेपाल डट कममा चाडै प्रकाशित गरिने छ । उक्त फोटोसुटको भिडियोलाई भने सिल्फ ईन्टरटेन्मेन्टले बनाएको थियो ।
Tags:
Kuber Tamang
AN Fashion Studios
Supriya katuwal
Photoshoot