· ArtistNepal Network · ArtistNepal News · Fashion News

ओमनिया द हिडन ब्युटीको प्रस्तुति तथा युनिभर्सल जुम इन्टरटेनमेन्ट प्रालिको ईभेन्टको ब्यबस्थापनमा 'सुपर प्लस साईज मोडल नेपाल–२०१८' सौन्दर्य प्रतियोगिताको ग्रुमीङ तथा ट्रेनीङ सुरु भएको छ ।

यस सौन्दर्य प्रतियोगितामा अबिबाहित तथा बिबाहित युवती तथा महिलाहरुले भाग लिएका छन । सौन्दर्य प्रतियोगितामार्फत प्लस साइज (मोटोपन)को कारणले निराश भएर बसेका, सौन्दर्य र क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाइ अभिवृद्धि गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको ओमनिया द हिडन बिउटिकि संचालिका प्रियंका बोथ्राले जानकारी गराईन ।

प्रतियोगितामा भाग लिने युवती तथा महिलाहरु १६ देखि ३५ बर्ष, उचाइ ४’८” र तौल ५५ केजी भन्दा माथिका प्रतियोगीहरु रहेका छन्। प्रतियोगिताको बिजेताले नगद २५ हजार सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तर्बार्तामा समेत सहभागिता हुन पाउनेछन्।

प्रतियोगिताका लागि छनौट हुने प्लस साइज सुन्दरीहरुलाई २५ दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ। नेपालका ख्याति प्राप्त ट्रेनर, कोरियोग्राफर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन्। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।