· ArtistNepal Network · ArtistNepal News

सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने संस्था मोडेल सङ्सनेपालले सुपर प्लस साईज मोडेल नेपाल २०१८ सौन्दर्य प्रतिस्प्रधाको आयोजना गर्ने भएको छ । फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गर्न लागिएको यस् प्रतिस्प्रधाको पहिलो अडिसन यही पौष १ गते बानेश्वर स्थित रोस्यो क्याफेमा १० बजे देखी ३ बजे सम्म हुनेछ । ५ फिट सम्म हाईट भएका १६ बर्ष देखी ३० बर्ष उमेर समुहका महिलाहरुले भाग लिन पाउने प्रतियोगितामा बिजेताले २५ हजार नगद पनि पाउने आयोजकले बताएको छ ।

अडिसनबाट छनौट भएका प्रतियोगीहरुलाई १ महिना सम्म प्रक्षिक्षण प्रदान गरी ग्रोमिङ, कोरियोग्राफी, डान्स, सेल्फ मेकअप, लिडरसिप ट्रेनिङ, पर्सानालिटी ईन्हास्मेन्ट लगायतका बिभिन्न ट्रेनिङ प्रदान गरिनेछ । प्रतिस्प्रधामा आउनेलाई मोडेलिङ प्रोमोसन, टिभी सिरियल , भिडियो तथा फिल्म, बिज्ञापन लगायतमा अबसर प्रदान गरिने पनि आयोजक संस्था मोडेल सङ्स नेपालले आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेकोछ ।

Tags: Super Plus Size Model Nepal