· ArtistNepal Network
· ArtistNepal News
· Music news
को होला त्यो को सफलता पछि चर्चाको शिखरमा पुगेका गायक सुनिल गिरीको नयाँ गीत ‘लेकाली माया’ हालसालै मात्र युटुब मार्फत सार्बजनिक गरिएको छ । को होला त्यो, देउराली भन्ज्याँङ्, को होला त्यो २ जस्ता सर्वाधिक लोकप्रिय गीतहरु दिएका गायक सुनिल गिरीले यस पटक भने आफ्नो म्युजिक भिडियोमा केहि नयाँपन दिनका लागी नेपालकै सुन्दर रारा तालमा गएर शूटिंग गरेका छन्।
सुमन गुरुङका साथ गाएको सुनिलको नयाँ गीत ‘लेकाली माया’मा क्रिस्टिना थापा र नशिब अधिकारीले अभिनय गरेका छन्। निर्देशक प्रविण भट्टले उक्त म्युजिक भिडियोलाई निकै मिहिनेत र कष्ट सहेर बनाएकोले होला राम्रो बनेको बताएका छन् ।
Tags:
Sunil Giri
Suman Gurung
Music Video News