· ArtistNepal Network · ArtistNepal News · Filmy News
एक समय नेपाली चलचित्रमा रुचाईएकि नायिका हुन : सुमिना श्रेष्ठ। थुप्रै सफल फिल्मकि यि हिरोइन अचानक के कारणले यस क्षेत्रबाट टाढिईन ? यतिलामो समय सम्म कहा गएकी थिइन् ? अब के उनि फिल्म ईण्डस्ट्रिमा कम्ब्याक हुने सम्भाबना छ त ? यी याबत प्रश्नहरुको खुलाशा नायिका सुमिना श्रेष्ठले कार्यक्रम 'आर्टिस्ट लाईभ शो' मार्फत गर्नेछिन्। 'आर्टिस्ट लाईभ शो' कलाकारहरुसंग अन्तरंग कुराकानी हुने बिशेष शो हो जुन डिजिटल भिडियो सेयरिङ्ग प्लेटफर्मको माध्यामबाट संसारभर रहेका नेपाली कलाकारसंग कुराकानी गरिन्छ। कार्यक्रमलाई अमेरिकाबाट प्रस्तोता अकुर लुइटेलले शुक्रबार रातको ९. ३० बजे सुरु गर्नेछन जुन नेपाली समय शनिबार ७.१५ पर्नेछ। कार्यक्रममा दर्शकहरुले प्रतक्ष प्रश्न पनि सोध्न पाउनेछन। जसलाई प्रस्तोताले कलाकार समक्ष पुर्याउनेछन। सुमिनाले फिल्म चक्रब्युहबाट नेपाली चलचित्रमा नायिकाका रुपमा प्रबेश गरेकी हुन् भने त्यसपछी मेरी आमा , प्यारी बहिनी , बुहारी , खेलाडी , बसन्त रितु लगायतका सफल फिल्महरुमा प्रमुख भूमिकामा अभिनय गरेकी हुन् । कार्यक्रमलाई रेबेल अनलाईन टिभि , रुपान्तरण मिडिया , ओहो अनलाईन र आर्टिस्ट नेपालबाट एकै पटक हेर्न सकिनेछ।