· ArtistNepal Network · ArtistNepal News · Music news
नेपालको सांगीतिक क्षेत्रमा पछिल्लो केही समय देखी गीत संगीत को वासनाले जादु छर्दै आएका गायक शान्तिम कोइरालाको स्वरले सजिएको गीतको दुवईका रमणिय स्थलहरुमा आफ्नो सांगीतिक "जाही जुही" रोपेका छन्। बोलीचाली,एउटा घाउ,सपना तिम्रो मेरो,साचो माया जस्ता चर्चित गीतका गायक शन्तिम नेपाली गीत संगीतका दमदार तथा मेलोडियस गायकको रूपमा आफुलाई स्थापीत गर्दै प्लेब्याकमा समेत राम्रो छाप लगाएका छन । उनको यो गीतले आफुलाई शान्तिम बनाउनमा अझै इटा थप्ने कुरामा ढुक्क रहेको बताउछन। भिडियो निर्देशक मुनाल शिशिर कोइरालावाट निर्देशित शान्तिम कोइरालाको "अत्तर" एल्वममा सङ्रहित गीत "जाही जुही "मा मोडेल कुशल वुचा र जोया तामांगको अभिनय गरेका छन । यस् भिडियोका कलाकारहरुले यु.ए.इ मा हुने दर्जनौ सास्कृतिक कार्यक्रमहरुमा आफ्नो निपूर्ण कला र अभिनय देखाई सकेका छन् । यस् भिडियो निर्माणमा अली धेरै समय लागेपनि प्रतिफल राम्रै निस्कनेमा आबद्द कलाकारहरु को बुझाई छ । 12202221_10205072000824031_1443232459_n नेपाली सांगीतिक क्षेत्रका होनहार अग्रज श्रष्टा वास्तविक जीवनका विषयहरुलाइ समेटेर फरक तरिकाले शब्दमा अल्झाई जीवन भर्ने गीतकार विजय शिवाकोटीका शब्द, नेपाली संगीतका मेहनती संगीतकार राम सिटौलाको संगीत रहेको शान्तिमको यस् गीतको भिडियो चाडैनै रिलिज गरिने छ । प्रस्तुत हुन लागेको भिडियो गत साल सार्वजनिक गरिएको गायक शान्तिमको एल्बम " अत्तर" मा सङ्रहित गीत हो ।
Tags: Shantim Koirala Munal Sishir