· ArtistNepal Network · ArtistNepal News · Gossip & interview
आर्टिस्ट नेपाल गायक हवल लामा सम्भाबना बोकेका गायक हुन्। २०६३ साल देखी साङितिक यात्रामा प्रबेश गरेका हवल गायन अबला कम्पोजिसन र गीत लेखन पनि गर्दछन । एक प्रतिष्ठित स्टार होटेलको सेफ समेत रहेका हवलको पहिलो गीत "प्रिमियर एक्स्प्रेस" नामक एल्बममा सग्रहित हृदयमा बोलको गीत रहेको थियो । २०७० सालमा आफ्नो आमाको शुभनामबाट आफ्नो पहिलो एल्बम को नाम “उर्मु” बजारमा ल्याएका गायक हवलसँग आर्तिस्टनेपाल डटकमको लागि अजन्ता ढुंगानाले गरेको छोटो कुराकानी : १.म्युजिक फिल्डमा कसरी कसको प्रेरणाले लाग्नुभयो? - संगीतमा लाग्ने तिब्र इच्चा र साथीभाईको प्रोत्साहनले गर्दा अहिले यो क्षेत्रमा छु । २.म्युजिकल इन्डस्ट्रीलाई नियाल्दा? -नेपाली म्युजिक इन्डस्ट्रीमा एक त प्रबिधीसँग भिज्न नसकेर र अर्को सरकारको बेवास्ताको कारणले पनि सफल हुन सकेको छैन । संगीतमा गरिएको लागानी फिर्ता हुन्छ या हुँदैन, थाहा छैन । यहाँ राम्रो भन्दा हाम्रो चल्छ । ३. तपाईको रोजाईका गीतहरु कस्ता हुन्छन ? -प्रायजस्तो मेरो गीत सेन्टिमेन्टल प्रक्रितीको हुन्छ र लोक फ्लेबर तर्फ पनि ढल्किन्छ… । ४. के मा ब्यस्त हुनुहुन्छ आजभोलि ? - म आफ्नो नियमित काम र बचेँको समयलाई म्युजिकमै दिएको छु । नयाँ गीतको कामहरु भईरहेका छन्। ५.हवाल लामाले आफुलाई चीनाउदा? -("कस्तो प्रश्न हो यो") साधारण मान्छे … मेरो अतीत् टाढा सम्म पनि म्युजिकल इन्डस्ट्रीमा हैन ६.अन्त्यमा .... नेपाली संगीतमा प्रबेश गरेको छु । पक्कै पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गरेको छु । र आर्टिस्ट नेपाल डट कमले मलाई मेरो पहिलो एल्बम देखीनै साथ दिएको छ । यसको लागि यहाँहरुलाई पनि धन्यबात दिन चाहन्छु ।
Tags: Hawal Lama