· ArtistNepal Network · ArtistNepal News · Music news
पछिल्लो समयमा नेपाली सांगीतिक फाँटबाट टाडा रहेर अमेरिका बस्दै आएका The Angels Band का गायक राजु लामाले लिएर आउनेभएका छन् नया सांगीतिक एल्बम "शृंखला"। पहिलेका गीति एल्बमहरु भन्दा फरक र पृथक बनाउनलाई आफ्नो तर्फबाट २०० प्रतिसत दिदै , अमेरिकामा यतिका वर्ष बिताउदा भोगेका, देखेका, अनि सिकेका कुराहरुलाई आफ्नो एल्बममा समाबेस गर्ने प्रयास गरेको बताउछन् गायक लामा । आफनो गीति एल्बमलाई येही महिनाको अन्तिममा रिलिज गर्ने तरखरमा रहेका लामाले, एकताका निकैनै चर्चित गीत ”अल्लारे माया”लाई पुन रि-रेकर्ड गरेर सोहि अल्बममा समाबेस गरेकाछन् । उक्त गीतको मिउजिक भिडियो अमेरिका स्तिथ Planet 3 Films ले निर्माण तथा निर्देशन गरेको अनि सोहि एल्बमको अर्को गीत अन्जुलिमा को छायांकन र निर्देशन काठमाडौँ स्तिथ Rise Music ले गरेको बताउछन् गायक लामा । सम्पूर्ण गीतको रेकर्डिंग R.L म्युजिक , बाल्टिमोर र ट्री -स्टर मिडिया र काठमाडौँमा गरिएको यस एल्बमको सङ्गीत संयोजन गरेकाछन् मोहित मुनालले । रचनाकार मनोज आचर्य र रबि लामिछानेको रचना रहेको यस एल्बममा सङ्गीत भने मोहित मुनाल र लामा स्वयंमको रहेको छ ।
Tags: Singer Raju Lama