· ArtistNepal Network
· ArtistNepal News
काठमाडौँ , छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठक अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल बनाउन सफल भएकी छिन l
हरेक प्रकारको गित गाएर आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न लागि परेकी सुन्दरी गायिका शुशिला पाठकले यसपालिको तीजमा उत्कृष्ट तिज गित लिएर संगीत प्रेमी नेपाली दाजुभाई तथा दिदि बहिनि समक्ष आएकी छिन l
"सबले गाउछन एउतै मात्र गित म पनि त बर माग्छु भगवान शिब सित" भन्दै तिजैमा ब्रत बसेर शिब जी संग बर माग्दै छिन अबिबाहित सुन्दरी नायिका जस्ती गायिका शुशिला पाठक l
तिजको गित मार्फत आफ्नो लागि बर माग्दै गरेकी शुशिला यस गीतको म्युजिक भिडियोमा आफै छमछमी नाचेकी छिन l संचारकर्मी शान्ति प्रियको शब्द रहेको यस गीतको संगीत भने राज सागरले गरेका छन् l
सुन्दरी गायिका तथा मोडल शुशिला पाठक र मोडल बिनिताले अभिनय गरेको यस म्युजिक भिडियोको निर्देशन भुवन स्यान्बो तामाङले गरेका छन् l
हेर्नुहोस भिडियो :
https://youtu.be/EdMTbved4iE
Tags:
Sushila Pathak