· ArtistNepal Network
· ArtistNepal News
· Music news
एल्बम रिलिज । शिव परियारले ल्याए शिवबुक
नेपालीहरुले आफ्नो जनचाहना अनुरुप करिब सात दशक पछी नयाँ नेपालको नयाँ संबिधान २०७२ पाएको खुशी संगै पुर्बिय शास्त्रीय संगीतका साधक नेपाली सुगम संगीतमा आफ्नो बर्चस्व राख्न सफल दर्जनौ चर्चित गीतका गायक तथा संगीतकार शिव परिवारले आफ्नो दशौँ एल्बमको रुपमा "शिवबुक" आज सार्वजनिक गरेकाछन् । नेपालमा नयाँ संबिधान २०७२ जारीसंगै नेपाली साङितिक आकाशमा सार्वजनिक भएको सम्भबत: यो पहिलो संग्रह हो । नयाँ संबिधानसंगै आफ्नो दशौ संगीतक संग्रह "शिवबुक" आफ्ना सम्पूर्ण शुभ चिन्तकहरुमाझ पस्किन पाउदा गायक परियार अत्यन्तै हर्सित छन । आज एक समारोह बिच बरिस्ठ संगीत सर्जक, गायक तथा संगीतकार बुलु मुकारुङको हातबाट सार्वजनिक गरिएको एल्बम "शिवबुक" शिव परियार सुपुत्री सुहाना रणपालको प्रस्तुती रहेको छ भने जिनियस म्युजिकले बजार ब्यबस्थापनको जिम्मा लिएको छ ।
७ गीत संग्रहित एल्बमका ६ गीतमा शिव आँफैले संगीत भरेका छन भने संग्रहको 'पिलायो साथीले...' बोलको गीतलाई तारा प्रकाश लिम्बुले संगीत दिएका छन । नेपाली साँगितिक बजारमा यस् संग्रहका गीतहरु क्रमश: फेसबुकले, गालैको कोठी, रुपौली रानी यस् अघीनै अत्यन्त चर्चामा रहन सफल भैसकेका छन भने पिलायो साथीले गीत हालको बजारमा चर्चामा रहेको छ । यस् संग्रहका ५ गीतको म्युजिक भिडियो तयार भैसकेको छ भने बाँकी २ गीतको पनि म्युजिक भिडियो निर्माणको तयारीमा रहेको छ ।
यस् एल्बममा यमन सुबेदी , पुश्प दाहाल, निहारिका लक्ष्मी शाही, रमेश अधिकारी, लोकराज अधिकारी, बिबश बलिभद्र कोइराला र राजु थापाका शब्द रहेका छन । गायक शिवले यस् अघि मोक्ष, स्वयम, कादम्बिनी, क्या दामी, फाटेको मन, पागल, कथाले मागेपछी, only you मेरो साथी,टाढाको साथी गरी ९ एल्बम नेपाली साङितिक क्षेत्रमा दिईसकेका छन ।
Tags:
Album Release
Shiva Pariyar