· ArtistNepal Network · ArtistNepal News
2011-07-09 कलाकार शान्ति मास्केको गएराति ११ बजे निधन भएको छ । मुटुरोगबाट पिडित मास्केको उपचारका क्रममा बाँसबारीस्थित सहित गंगलाल हृदयरोग केन्द्रमा उपचार हुदैगर्दा मृत्यु भएको हो । मास्केको शवलाई अन्तिम श्रद्वान्जलीका लागि बिहान ९ बजे देखि १ बजे सम्म प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो । मास्केलाई अन्तिम श्रद्धाञ्जलि दिन बसन्धुरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, धिरेन शाक्य, टिका पहाडि सहितका कला क्षेत्रका धेरै व्यक्ति प्रज्ञा भवन पुगेका थिए। उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको थियो ।
Tags: Shanti Maske