· ArtistNepal Network · ArtistNepal News · Music news
नायिका तथा समाजसेवी शान्ता तामाङ्ग अभिनित चर्चित गायिका मेलिना राई स्वरवद्ध “फूल फुल्छ र झरेको छ” बोलको निकै मर्मस्पर्शी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । समाजसेवी तिलबहादुर कार्कीद्धारा संचालित संयुक्त अपाङ्ग एकता आवाज केन्द्र तथा सो आसपास लगायत गोकर्णको रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त गीतलाई शिल्पा बस्नेत क्षेत्रीको रचना गर्नु भएको हो भने सुदीप सागरले ऐरेन्ज तथा संगीतकार श्रीकृष्ण बम मल्लले संगीत भर्नु भएको हो । कृष्ण फिल्मस्ले निर्माण गरेको गीतको म्यूजिक भिडियोमा शान्ता तामाङ्गका अलावा उनलाई कलाकारहरु रोबर्ट सिहं, सन्दिप बिक्रम शाह बालकलाकार सोनिया शाह तथा समाजसेवी तिल बहादुर कार्की स्वयं लगायत संयुक्त अपाङ्ग आवाज केन्द्रमा आश्रित वालबालिकाहरुले अभिनयमा साथ दिएका छन । भिडियोलाई अच्युत श्रेष्ठले छायांकन तथा अर्जुन भुसालले निर्देशन गर्नुभएको छ । थुप्रै व्यापार व्यबसायमा संलग्न भएर पनि समाजसेवामा उतिकै सक्रिय शान्ता अभिनयमा समेत सशक्त रुपमा देखिनुभएको छ । मिसेस नेपाल आइकन २०१५ को क्राउन होल्डर शान्ता हाल आफै सफल इभेन्ट आयोजकका रुपमा परिचित हुनुहुन्छ । नायिका शान्ता अभिनित “हिमालकी रानी ” चलचित्र सार्वजनिक हुने तयारीमा रहेको छ । चलचित्र प्रदर्शन अगावै एक गीत सार्वजनिक भएको थियो जसमा उनको अभिनयको प्रशंसा सर्वत्र भएको थियो । थुप्रै सफल सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर चर्चित तथा सफल ईभेन्ट आयोजकको समेत उपमा पाउनुभएकी शान्ता ,बिवाहित महिला तामाङ्ग समुदाय लक्षित मिसेस तामाङ्ग २०१८ प्रतियोगीताको तयारीमा व्यस्त, शान्ता अभिनयलाई थप निरन्तरता दिने सोच बनाएकी छिन । म्यूजिक भिडियो : https://youtu.be/4VD0nhsVpX4
Tags: Melina Rai Shanta Tamang