· ArtistNepal Network · ArtistNepal News · Music news
प्राकृतिक सौन्दर्यले भरिपुर्ण नेपालमा आएर फिल्म तथा म्युजिक भिडियोको सुटिङ्ग गर्ने चलन धेरै अगाडि देखि हुदै आएको हो कलिउड बलिउड तथा हलिउडका फिल्म तथा म्युजिक भिडियोहरु नेपालका विभिन्न रमणीय स्थलहरुमा छयाङ्कन गरिएका प्रस्तातई उदाहारणहरु छन्। यसैक्रममा लकडाउन सुरु हुनुभन्दा केहि अगाडि नेपालमा एउटा हिन्दी गीतको छायाँकन भएको थियो । जसमा नेपाली प्राविधिक र केही कलाकारहरु समेतको प्रयोग गरि हिन्दी गीतको म्युजिक भिडियो निर्माण गरिएको थियो । पछिल्लो समय इन्डियामा टिकटक हुँदै म्युजिक भिडियोमा पपुलर बनिरहेका मोडल मञ्जुल खट्टर अभिनित ’साथिया तेरे बिना’ गीतको नेपालमा छायाँकन गरिएको हो । गीतमा उनीसँगै नेपाली नायिका तथा मोडल रिस्ता बस्नेत पनि अपोजिटमा देखिएकी छिन् । नेपालको पोखरा आसपास छायाँकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानल मार्फत रिलिज गरिएको छ । छायाँकन सकिएपछी नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यहिँ गीतको छायाँकनको लागि पहिलो पटक नेपाल आएका थिए । उनले सुन्दर भिडियो निर्माणका लागि नेपाली प्राविधिकलाई धन्यवाद दिएका छन् । गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ । गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शक्याले निर्देशन गरेका छन् । तात्कालिन समयमा नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाललाई टेवा पुग्ने उदेश्यले भिडियो तयार गरिएको सम्राटले बताए ।