· ArtistNepal Network
· ArtistNepal News
आर्टिस्ट नेपाल
चर्चित पुराना लोक गायक सरोजगोपालको ६३ बर्षको उमेरमा निधन भएको छ । पोखराको मोहोरियाटोल स्थित आफ्नै निवासमा बिहिँबार बिहान ३ बजे उहाँको निधन भएको हो । गायक गोपाल लामो समयदेखि मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।
करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल..., देउराली उकाली चढेर.... र नक्कलीलाई भगाई लग्यो झिल्केले... जस्ता कालजायी गीत गाएर ३० को दशकमा राष्ट्रिय स्तरमा पहिचान बनाएका गायक पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्ष पनि हुन्। केही समय रेडियो नेपालमा कार्यरत रहेका सरोजगोपाल पछिल्लो समय स्थानीय माछापुच्छ्रे एफएममा आबद्धसमेत् थिए ।
स्वर्गीय सरोज गोपालकी धर्मपत्री बाबा राणा पनि गायन क्षेत्रमा आबद्द हुनुहुन्छ । उहाँका एक छोरा र एक छोरी छन् ।
Tags:
Saroj Gopal