· ArtistNepal Network
· artists
· Model & Dancers
नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रमा उदयमान नायिका सपना चन्द ठकुरी बिगत पाँच बर्षदेखि नेपाली सिनेमा जगतमा छिन् ।
नेपालगंज घर भएकी सुन्दरी नायिका सपनाले पुरानो बानेश्वरको एम आर थिएटरबाट भरत नाट्यम, अभिनय र आधुनिक नृत्य पनि सिकेकी छिन् ,उनी अभिनय र नृत्यमा पोख्त छिन् ।
कलाकार शंकर बिसी मार्फत म्युजिक भिडियो मार्फत मोडलिङ/अभिनय सुरु गरेकी सपनाले अहिलेसम्म ३ दर्जनभन्दा धेरै म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन्। त्यस्तैगरी सत्र वटा थिएटर सोमा अभिनय गर्नुको साथै दुईवटा एड समेत गरिसकेकी छिन्।
नेपाली कथानक चलचित्र “सारङ्क” बाट सिनेमा क्षेत्रमा डेब्यु गरेकी नायकी सपनाले अहिलेसम्म आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् ।
लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी “वर्तमान” र माता लक्ष्मीदेबी सिंह ठकुरीको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका सपना चन्द ठकुरी आफूलाई अभिनय र कला प्रस्तुत गरेर आफूभित्र भएको क्षमतालाई प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहिन्छिन्।
Tags:
AN Fashion Studios
Nepali Actress
New Nepali Actress
Hot Nepali actress
Sapana Singh Thakuri