· ArtistNepal Network
· ArtistNepal News
· Event News
आर्टिस्ट संसार, काठमाडौँ।
नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रा.लि.ले आयोजना गरेको "नेपाल्स चबी मोडल २०१७" सौन्दर्य प्रतियोगिताको बिजेता समिरा श्रेष्ठ बन्न सफर भएकी छिन् । राजधानीको नाचघरमा सम्पन्न भएको उक्त प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि अन्य १५ जना प्रतियोगीहरुलाई पछि पार्दै समिरा श्रेष्ठले उक्त ताज जित्न सफल भएकी हुन भने फर्स्ट रनरअप मिनु तामाङ र सेकेण्ड रनरअपमा कृति बर्तौलाले उपाधि हात पार्न सफल भएका छन ।
त्यसैगरी अन्य विधा तर्फ बेस्ट वाल्क र मिस फोटोजेनिक समिरा श्रेष्ठ, मस्ट ईन्स्पाईरिङ्ग मिनु तामाङ, बेस्ट एक्सप्रेसन सुनिता नेपाल, बेस्ट स्किन प्रेरणा श्रेष्ठ, मिस ड्यासिङ्ग रितु कपाली, बेस्ट हेयर सिमा बोम्जन, बेस्ट स्माईल मेनका जोशी, मस्ट फ्रेन्डली निकिशा दंगाल, मिस बब्लि र मिस मल्टिमिडिया च्वाइस कृति बर्तौला, मस्ट ट्यालेन्ट सगुन गुरुङ, मस्ट पंगचुअल र मिस कन्फ़िडेण्ट सपना राइ, मस्ट स्ट्यालिस क्यारिना शाक्य, बेस्ट डिसिप्लिन नाबिता गुरुङ, मिस पपुलर र मस्ट ओबिडेण्ट सामन्ता गौतम, मस्ट सिन्सियर सिवानी खरेल र मस्ट चार्मिंगमा सबु महर्जनले उपाधि हात पार्न सफल भएका छन ।
"नेपाल्स चबी मोडल २०१७"को फाईनल ईभेन्टको केही फोटोहरु
प्रतियोगिताका प्रतियोगीहरु
Tags:
Nepal’s Chubby Model