· ArtistNepal Network · ArtistNepal News · Music news
लोक पप गायनमा अब्बल रहेका फलेवासी गायक सरोज साजन श्रेष्ठको एल्वम एस थ्री रकिङ्ग रोमान्टिक गीत “रमाइलो फलेवास” को म्युजिक भिडियो सार्वजनिक भएको छ। करिव एक बर्ष अगाडीनै रेकर्ड भएको रमाइलो फलेवास बोलको गितमा श्रेष्ठले आफ्नै मातृभूमि पर्वतको फलेवासमा सुटिङ्ग गरेका छन। गायक आँफैले कोरेको शब्दमा चर्चित संगीतकार कल्याण सिंहले सँगीत भरेका छन भने सँगीतसंयोजन साहस शाक्यले गरेका छन । भिडियोमा पर्वतको फलेवासको प्राकृतिक सुन्दरता, स्थानिय कला, संस्कृतिलाई उत्कृष्ट ढंगबाट देखाउन खोजिएको छ। चक्र पुलामीको कोरियोग्राफी रहेको भिडियोमा गायक साजन आँफै देखा परेका छन। भिडियोमा गायक संगै बिनोद श्रेष्ठ, फुलु पुन लगायतका स्थानिय कलाकारको अभिनय रहेको छ। बिरन पुनले छायाँङकन र निर्देशन गरेको भिडियोलाई धौलागिरी अञ्चलको पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका भित्रका रमणीय दृश्यहरु झल्काईएको छ। गीतको भिडियो फलेवास भित्र अवस्थित बिभिन्न जात जातीका झाकी,जात्रा, संस्कार र परम्परालाई उजागर गरिएको छ साथै यस गीतले पर्यटन प्रवर्द्धन र फलेवासी जीवन शैली, रहनसहनलाई प्रभाव पार्ने दृष्य झल्काइएको गायक श्रेष्ठको भनाइ छ। आफ्नो जन्मस्थान फलेवास भएको कारण पनि गीतको भिडियो फलेवासमा तयार पारिएको गायकको भनाई छ ।रोमाण्टिक गीतहरुमा रुची देखाउने साजनले सांगिंतिक यात्राको सुरुवात भने पापीनी बोलको सेन्टिमेन्टल गीतबाट गरेका थिए। भिडियो हेर्नुहोस् !
Tags: Saroj Sajan Shrestha Kalyan Singh