· ArtistNepal Network
· ArtistNepal News
· Music news
बिस २०२३ साउन ७ गते सर्लाहीमा जन्मिएका नेपाली लोक सङ्गीतका चर्चित बाँसुरी बादक तथा लोक गायक रामबहादुर जिम्बा को निधन भएको छ । कलाकार जिम्बा रेडियो नेपालका अधिकृत तहका कर्मचारी हुन् । लोक गीतमा मादल, डम्फु, ढोलक, लगायत पश्चिमी बाद्ययन्त्र एकर्डियन बजाउने बाद्यबादकका रुपमा थिए। उनको जागिरे जीवन बिस २०४० साल देखि रेडियो नेपालमा टेक बेसीस, ज्यालादारी, मासिक पारिश्रमिक, करार हुँदै २०४९ सालदेखि स्थाई बनेका थिए । उनि मायालु होटल जमलमा सांस्कृतिक कार्यक्रममा ४५ साल तिर बाँसुरी बादक कै रुपमा काम गरेका थिए भने सोल्टी होटल लगायतका फाइभ स्टार होटलमा समेत उनले सांस्कृतिक टोलीमा बाँसुरी बादन गरेका थिए । हिजो दिन भरि उनि अत्यन्तै खुशी देखिएका थिए, साथीहरु भन्छन- उनि हिजो धेरै हाँसेका थिए ।
रामबहादुर जिम्बाले रेडियो नेपालमा ४० भन्दा बढी लोक गीत, र केहि उनको संगीतमा अरु गायक गायिकाले आधुनिक गीत समेत गाएका छन् । रामबहादुरले रेडियो नेपालमा रेकर्ड गरेका गीत मध्ये चुरिमाई कसम खाएर मैले, गाई भैंसीलाई बाँधेको किला माया लाउन मिल्लाकी नमिल्ला आदि चर्चित छन् । उनले केहि लोकगीतहरु समेत सङ्कलन गरेका छन् ।
उनि माया कुमारी थिङ् र टिका जिम्बाका सन्तान हुन् ।
कलाकार राम बहादुर जिम्बाका बारेमा उहाँका सबै भन्दा निकट मित्र बरिष्ठ मादल बादक एकराम श्रेष्ठ भन्छन - ''नेपाली संगीतले एउटा बिशिष्ट श्रेणीको कलाकार गुमाएको छ, म यो बेला अत्यन्त मार्मिक र शोकाकुल छु । राम र मैले ४२ सालदेखि एउटै स्टुडियोमा संगै काम गर्यौं, काठमाडौँ बाहिर पोखरा सुर्खेत धनकुटा, दिपायल, बर्दिबास जनकपुर लगायत देशक विभिन्न गाउँ शहरहरुमा संगै बद्यकलाकारकारुपमा सह यात्रा गर्यौं । यो यात्राकोक्रममा मैले उसलाई एक जना अत्यन्तै मिलनसार, सहयोगी, कसैलाई नबिझाउने खालको घनिष्टतम बोलि व्यवहार भएको, ब्यक्तीकोरुपमा पाएको थिए । कहिले कहिँ हामी बिचमा एकापसमा ठ्याक्ठुक पर्थ्यो तर छिन मै बिर्संथ्यौं, कहिले हास्यौं कहिले संगै रोयौं तर ति सबै पलहरु अब सम्झनामा मात्र कैद भएका छन् ।
आर्टिस्ट नेपाल लोक सङ्गीतका चर्चित बाँसुरी बादक तथा लोक गायक रामबहादुर जिम्बा प्रती हार्दिक श्रदान्जली ब्यक्त गर्न चाहन्छ ।
*Source: Tika Bhandari

Tags:
Tika Bhandari