· ArtistNepal Network · ArtistNepal News · Music news

वरिष्ठ संगीतकार एवं गायक चन्द्रराज शर्माको निधन भएको छ। ७८ वर्षीय शर्माको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान निधन भएको हो। पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का संगीतकार शर्मा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए ।

बाल्यकालदेखि नै सांगीतिक वातावरणमा हुर्किएका शर्मा आफ्ना पिता यज्ञराज शर्मा सत्यालको संगीत सुन्दासुन्दै त्यसमै लागेका थिए। महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाटकहरूमा संगीत रचना गरेका शर्मा राष्ट्रिय गीत, शास्त्रीय संगीत र आधुनितक संगीत सबैमा पोख्त थिए।

'उहाँका बुबा यज्ञराज शर्मालाई श्री ३ जुद्धशम्सेरले संगीत शिरोमणि पदमवी दिएका थिए। त्यस्तै २०२२ सालमा राजा महेन्द्रले चन्द्रराजलाई पनि नेपाल कला भूषण पदबी दिएका थिए । उहाँका छोरा सुदीपराज शर्मा पनि संगीतमै हुनुहुन्छ ।

शर्माले देवकोटाको खण्डकाव्य 'मुनामदन' मा संगीत गरेका थिए। उनलाई २०४९ मा छिन्नलता गीत पुरस्कार र २०५८ मा नारायणगोपाल स्मृति पुरस्कार प्रदान गरिएको थियो। फुटकर गीतहरूमा संगीत भरे पनि शर्माको मुख्य विधा गीतिनाटक नै थियो। मुनामदन र सकुन्तलाको संगीत रचना उनका स्मरणीय कृति हुन्।

Tags: Chandra Raj Sharma