· ArtistNepal Network
· ArtistNepal News
· Filmy News
केही समयअघि बलिउड नायक रणवीर कपुरले फिल्म वर्फीमा भारतको दार्जिलिङका नेपाली समुदायसँग नाच्दै गरेको तस्वीरले राम्रो स्थान पायो। यसको चर्चा पनि निकै भयो। नेपाली कलाकार भोला सापकोटाले पनि नृत्य गर्दै गरेको उक्त दृश्यमा नाच्नका लागि रणवीरले रमाइलो जुक्ति निकालेका रहेछन्।
भारतीय सञ्चारमाध्यमका अनुसार नाच्नमा राम्रो नायक भए पनि वर्फीमा उनले भिन्न किसिमको शैलीमा नृत्य गर्नुपर्ने थियो। त्यसका लागि रणवीर र फिल्मका निर्देशक अनुराग बसुले मातेर उक्त गीतको रिहर्सल गरेको रहस्य खुलेको छ। ‘फिल्मका लागि नौलो किसिमको नृत्यको माग आयो’, फिल्मका एक सदस्यले भनेका छन्– ‘त्यसका लागि हामीले केही मात्रामा मदिरा ल्याएर निर्देशक र रणवीरलाई खुवाएपछि उनीहरूले नाच्ने शैली दिमागमा ल्याए।’ ती सदस्यका अनुसार रणवीरले रक्सीले मातेपछि नाचेको दृश्यलाई फिल्ममा दुरुस्तै बनाएका छन्। नायिका प्रियंका चोपडा र नायक रणवीरले प्रमुख भूमिकामा अभिनय गरेको यो फिल्ममा दुवै कलाकारले विशेष भूमिकामा अभिनय गरेको समाचारमा जनाइएको छ।
Tags:
Bollywood Artists
Ranabir kapoor