· ArtistNepal Network · ArtistNepal News
  चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा एक दुर्घटनामा परि निधन भएको छ। मंगलबार बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा रुखले ढालेको विजुलीको पोलले लागेर उनको निधन भएको हो। उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ। टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्ने भिडमा उनिपनी हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए। विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढलेको र रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढलेको थियो। ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो। तत्कालै बोगटीको उपचारका लागि बीएन्डबी अस्पतालमा ल्याउँदै गर्दा निधन भएको थियो।