· ArtistNepal Network · ArtistNepal News · Music news
रमेश कडरिया चल्तीका संगीतकार तथा गायक हुन । तर उनै कडरिया मोडेल कबिता बानियासँग नगरकोटको एक होटेलमा रोमान्स गरिरहेको अवस्थामा भेटिए, विवाहित कबितासँग अंगालोमा भेटिएका रमेश रियलमा नभई एउटा म्युजिक भिडियोको सेटमा भेटिएका हुन ।ramesh Kadariya गायक सिमान्त सन्तोषको स्वरमा सजिएको मार्यो मार्यो.... बोलको गितको छायांकनको क्रममा नगरकोट भेटिएका गायक सिमान्तले उत्कृष्ट गीत बनेकोले भिडियो बनाउन सबैको चाहना स्वरुप निर्माण गरिएको बताए । त्यस्तै मोडेल जीवन बडारी तथा कबिताले यस् भिडियोबाट आफुहरु धेरै आशाबदी रहेको बताए । रमेश कडरियाको संगीतमा तयार भएको यो गितमा जिवन वडारी,कविता बानिया तथा रमेश कडरियाको अभिनय रहेको छ । आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा नव ढुंगेलको निर्देशनमा निर्माण हुन लागेको यो भिडियोलाई अमृत सुनुवारले खिचेका हुन्, त्यस्तै भिडियो लाई टेकेन्द्र शाहले सम्पादन गर्नेछन । हेयर , ड्रेसप र मेकअप मा सन्ङिता लामाले साथ दिएकी छिन् । संगिता लिमल्सिनाको शब्द रहेको उक्त गितलाई कडरिया ईन्टरटेन्टमेन्टले बजारमा ल्याउदैछ। भिडियो राम्रो बनेको निर्माण पक्षको दाबी छ । singer simant santosh
Tags: Nava Dhungel Amrit Sunuwar ArtistNepal Production Ramesh Kadariya Kabita Baniya Sangeeta Lama Jeevan Odari Simant Santosh