· ArtistNepal Network · ArtistNepal News · Music news
पुर्बेली टिपिकल गीत गाएर चर्चामा आएका गायक राजु ढुंगेलले पुर्बेली मारुनी भाका लिएर आएका छन । सुपारी जाईको माला, सालीभेना, अकबरी सुन जस्ता चर्चित एबं टिपिकल गीतका संकलनकर्ता अभय ढुंगेलको संकलनमा तयार भएको गीत जोर मादल बज्योमा गायक राजु ढुंगेललाई अहिलेकी चर्चित गायिका मेलिना राईली साथ दिएकी छिन । शब्द संकलनमा गायक संगीतकार डि आर अटुले साथ दिएका छन । गीतलाई संगीतकार शिला बहादुर मोक्तानले संगितसंयोजन गरेका हुन । नृत्य निर्देशक यम गुरुङले यस् गीतको म्युजिक भिडियो निर्देशन गरेका छन । भिडियोमा पछील्लो समय लोक म्युजिक भिडियो निर्देशनमा अब्बल मानिएका निर्देशक प्रकाश भट्ट आँफैले मोडेल रिना थापा सँग अनस्क्रिन रोमान्स गरेका छन । करण चैसिरको छायांकन रहेको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन । भिडियो तथा गीतलाई हाईलाईट नेपालले युट्युब मार्फत सार्वजनिक गरेको छ भने बजार ब्याबस्थापनको पनि जिम्मा लिएको छ ।

भिडियो हेर्नुहोस् ।

Tags: Raju Dhungel Melina Rai Avaya Dhungel Rina Thapa Magar Prakash Bhatta