· ArtistNepal Network · ArtistNepal News · Filmy News

नायिका रजनी केसी, नायक पुस्कर रेग्मीको अङालोमा बाँधिएकी छिन्। आर्टिस्ट नेपालको स्टुडियोमा चलचित्र "दिपज्योती"को प्रोमोसनल फोटोसुटको क्रममा उनिहरु अङालोमा बाँधिएका हुन । चलचित्रको पोस्टरको लागी बिभिन्न पोजमा फोटोसुट गरिएको थियो। उनिहरु लगायत खुस्बु खड्का, शेखर केसी, कृष्ण खनाल लगायतका कलाकारहरुको फोटोसुट गरिएको थियो।

त्यस्तै मङ्सिर २२ गतेबाट अल नेपाल प्रदर्शन हुनलागेको यस् चलचित्रको गीतपनि हालै सार्वाजनिक गरिएको थियो । झ्यानापुटुङ बोल रहेको उक्त गीतमा पुस्कर रेग्मी,अभिनेत्री रजनी के.सी.र खुश्बु खड्का छन।

पारिवारिक एबं त्रिकोणात्मक प्रेम कथा रहेको चलचित्र लायन कृष्ण खनालको प्रस्तुतीमा नारायण मैनालीले निर्देशन गरेका हुन्।

निर शाह, सरोज खनाल, नायिका रजनि के सी, पुस्कर रेग्मी, खुश्बु खड्का तथा शेखर केसी लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रमा नारायाण मैनाली र निराजन ठाकुरको पनि लगानी रहेको छ। काठमाण्डौ र आसपासका जिल्लाहरुमा छायांकन गरिएको ‘दिपज्योती’को कथा हरीश पन्तले लेखेका हुन्। पटकथा तथा संवाद नारायण मैनालीको नै रहेको दीपज्योतिमा सम्राट थापाको द्वन्द रहेको छ।

rajani kc actress artistnepal studios puskar regmi and rajani kc artistnepal studios puskar regmi and rajani kc artistnepal studios1 puskar regmi - artistnepal studio
Tags: Rajani KC ArtistNepal Studios Puskar Regmi Deepjyoti Movie