· ArtistNepal Network
· artists
· Model & Dancers
रबिया नगरकोटी स्टाफ नर्स हुन्। सानै देखिको मोडलिङ्ग सपना पुरा हुने आशले नर्सिङ्ग आईडल सौन्दर्य प्रतियोगितामा भाग लिएकि उनलाई मोडलिङमा थप रुचि जागेको हो। प्याजेण्टमा भाग लिएपछि मोडलिङमा थप उत्सवका साथ सक्रिय हुन थालेकी हुन्।
रबिया थापाथली स्थित नर्भिक हस्पिटल कि स्टाफ नर्स हुन्। ५ फिट ५ इन्च अग्ली रबिया स्वास्थ्यकर्मी भएकाले स्वास्थ्य क्षेत्रमा पनि सक्रिय छिन्। स्वास्थ्य क्षेत्रमा पनि केही गरेर समाजको आइडल बन्न चाहेको बताउछिन। मोडलिङ्ग र नर्सिङ्ग दुबैलाई संगै लैजान खोजेको रबिया काम गर्न सके मोडलिङमा भविष्य उज्वल रहेको बताउँछिन्।
काठमाडौँ कि स्थायी बसी रबिया म्युजिक भिडियो तथा बिज्ञापनमा देखिन चाहन्छिन। आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन मार्फत म्युजिक भिडियो तथा फोटोसुट गरेकी दिव्या मोडलिङ सजिलो काम नभएको बताउँछिन्। फुर्सदको बेला अनलाईनमा मोडलिङ्गको बारेमा अध्ययन गर्ने गरेको उनले बताईन।
मोडल - रबिया नगरकोटी
स्टुडियो - आर्टिस्ट नेपाल स्टुडियो एण्ड प्रोडक्सन
फोटोग्राफर - कुबेर तामाङ्ग
मेकअप - सरिता थापा